राष्ट्रिय सभाको असोज १७ गते बस्ने बैठक स्थगित 

राष्ट्रिय सभाको असोज १७ गते बस्ने बैठक स्थगित 

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने सूचना सचिवालयले निकालेको छ। ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले असोज १८ गते सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको जानकारी सचिवालयले गराएको छ। 

राष्ट्रिय सभाको बैठक असोज १७ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको थियो। 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय संसद्को दुवै सदनको अवरोध हटाउन सरकारलाई रुलिङ गरेका थिए। अवरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा एमाले उपस्थित भएन। 

बैठकले एमालेसँग थप वार्ता र संवाद गरेर अवरोध हटाउने पहल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन।

असोज १४, २०७८ बिहीबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।