सर्वदलीय बैठक बस्दै, एमाले जाने नजाने अनिश्चित 

सर्वदलीय बैठक बस्दै, एमाले जाने नजाने अनिश्चित 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। अहिलेसम्म एमालेले बैठकमा जाने नजाने निश्चित गरेको छैन।

सर्वदलीय बैठकमा सहभागी हुने नहुनेबारे एमालेले भने अहिले केही बताएको छैन। एमाले नेता सुवासचन्द्र नेम्वाङका अनुसार अध्यक्ष केपी ओलीले बैठकमा जाने नजाने केही भनेका छैनन्।

‘बैठकको जानकारी अध्यक्षले पाउनु भएको छ,’नेम्वाङले उकेरासँग भने,‘तर, अहिलेसम्म बालकोटबाट जाने नजाने जानकारी आएको छैन।’ 

एमालेले भदौ २३ गतेदेखि निरन्तर सङ्घीय संसद्का दुवै सदनको बैठकमा विरोध गर्दै आएको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म विरोध जारी रहने बताएको एमालेले सभामुख अग्नि सापकोटाको आव्हानमा बसेको सर्वदलीय बैठक बहिष्कार गरेको थियो। 

असोज १४, २०७८ बिहीबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।