ईपीएलमा दुई खेल हुँदै, पहिलाेमा ललितपुर र पाेखरा भिड्ने
ललितपुर र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ भने भैरहवा र विराटनगरबीचकाे खेल दिउँसाे १:३० बाट सुरु हुनेछ।
ललितपुर पहिलाे खेलमा काठमाडाैं किंग्स ११ सँग पराजित भएकाे थियाे। कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर पाेखरालाई हराउँदै पहिलाे जीत निकाल्ने दाउमा हुनेछ। यस्तै विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलाे खेल वर्षाका कारण रद्द भएपछि आज जीत निकाल्ने याेजनासहित मैदान प्रवेश गर्नेछ।
यता शरद भेषवाकरको कप्तानीमा रहेकाे भैरहवा पनि जीतविहीन छ। विराटनगर पनि पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो।
असोज १३, २०७८ बुधबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।