क्षतिपूर्ति दिने सहमतिमा आफन्तले सुत्केरीको शव बुझे

क्षतिपूर्ति दिने सहमतिमा आफन्तले सुत्केरीको शव बुझे

मङ्गलबार अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले अस्पतालबाट शव बुझेका छन्।

अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरण पोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमत भएपछि शव उठाइएको मृतक कल्पनाका देवर दीपेन्द्र मल्लले बताए।मृतकलाई मङ्गलबार नै धनगढीस्थित बडहरामा अन्त्येष्टि गरिएको छ।

शनिबार राति धनगढीको नवजीवन अस्पतालमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उपचारका क्रममा उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो।

उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि अत्याधिक रक्तस्रावका कारण  निधन भएको अस्पतालले जनाएको थियो। तर आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका थिए। आइतबार बिहानैदेखि आफन्तले अस्पताल घेराउ समेत गरेका थिए। 

यसअघि मङ्गलबार बिहान सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) मा अध्ययनरत विद्यार्थीहरूले मान्छे मार्न पाइँदैन, चिकित्सकमाथि छानबिन गर लगायतका नारा लगाउँदै मुख्यमन्त्री कार्यालय प्रदर्शन समेत गरेका थिए।

असोज १२, २०७८ मंगलबार २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।