सम्पादकहरूसँग ओलीको गुनासो : अहिलेको सरकारलाई मिडियाले खबरदारी गरेन
उनले प्रेस र आफ्नो उद्देश्य समान भएको दाबी समेत गरेका थिए। उनले एमाले फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको र परमादेशबाट सरकार बन्दा लोकतन्त्र कमजोर भएको बताएका थिए।
सङ्घीय संसद् चलिरहेको अवस्थामा देशलाई तत्काल आवश्यक परेमा मात्र अध्यादेश ल्याउन सकिने भए पनि चलिरहेको संसद् अचानक बन्द गरेर अध्यादेश ल्याउनु संविधान विपरीत र अलोकतान्त्रिक भएको बताएका थिए।
नयाँ बानेश्वरस्थित अल्फा हाउसमा भएको कार्यक्रममा उनले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताउँदै अहिलेको सरकार खबरदारी नहुँदा लापरवाह भएको बताएका थिए।
असोज १२, २०७८ मंगलबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।