ललितपुर काँग्रेसमा देउवा समूह हाबी, पौडेल पक्षधरले एक नगरपालिका मात्र जिते

ललितपुर काँग्रेसमा देउवा समूह हाबी, पौडेल पक्षधरले एक नगरपालिका मात्र जिते

ललितपुर महानगरको काँग्रेस सभापतिमा सुभाननरत्न धाख्वा २ सय ८२ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी गणेशभक्त श्रेष्ठले २२१ मत ल्याए। धाख्वा पार्टीको संस्थापन समूहका उम्मेदवार हुन्।

उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु निर्वाचित भए भने सचिवमा राजु ताम्राकार र सुनिलकुमार थापा निर्वाचित भएका छन्।

गोदावरी नगरपालिकाको काँग्रेस सभापतिमा प्रदीप जोशी सर्वसम्मत चयन भए। उपसभापतिमा कवि बस्नेत र राजेशध्वज कार्की चयन भएका छन्। सचिवमा उपेन्द्र आचार्य र राजेन्द्र महर्जन चयन भए भने सहसचिवमा वसन्तराम डङ्गोल र ज्ञानबहादुर थिङ चुनिएका छन्।

महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भए। सिलवालले ८२ मत ल्याएर सुशील खड्कालाई पराजित गरे। उपसभापतिमा सुमन केसी र विवेककुमार कार्की निर्वाचित भए। सचिवमा नन्द केसी र विष्णुकुमार चन्द र सहसचिवमा सञ्चिता परियार र अवशेष श्रेष्ठ चयन भएका छन्।

महालक्ष्मीमा रामचन्द्र समूह निकटले जितेका छन्।

वाग्मती गाउँपालिकामा वीरबहादुर लोप्चनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनियो। उपसभापतिमा ओमप्रसाद तिम्सिना र जगतबहादुर लो, सचिवमा डोलकेशर दाहाल र राजेश्वर घिमिरे (सुजन ) चुनिए। सहसचिवमा केदारमान भ्लोन र कल्याण तामाङ चयन भए भने कोषाध्यक्षमा विष्णुबहादुर बस्नेत चुनिएका छन्।

महाँकाल गाउँपालिकामा खोमप्रसाद दाहालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चुनिएको छ। उपसभापतिमा पुरुषोत्तम घिमिरे र ठक्करप्रसाद घिमिरे, सचिवमा बालकृष्ण तिम्सिना र बाबुलाल स्याङ्तान, सहसचिवमा केशव सुवेदी र सुभाष बजगाईँ चुनिए।

कोन्ज्योसोम गाउँपालिकाको काँग्रेस सभापतिमा सरोज घलान तामाङ निर्वाचित भए। उपसभापतिमा सुरेन्द्र घलान र सत्यमान घिसिङ, सचिवमा श्याम केसी र नन्दराज भोम्जन, सह-सचिव बाबुकाजी थिङ र सह-सचिव सोमबहादुर गोले  चुनिएका छन्।

असोज १२, २०७८ मंगलबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।