सङ्गठनको हरेक इकाइलाई उत्पादनसँग जोड्नुपर्छ : अर्थमन्त्री शर्मा 

सङ्गठनको हरेक इकाइलाई उत्पादनसँग जोड्नुपर्छ : अर्थमन्त्री शर्मा 

नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यसअघि सञ्चालित जनता आवास कार्यक्रमले दलित समुदायलाई सम्बोधन गर्न नसकेकोले दलित आवास कार्यक्रम ल्याइएको बताए। 

दीर्घ रोगीहरूलाई मासिक उपचार खर्च दिने व्यवस्था पहिलो पटक गरिएको उनको भनाई थियो। वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनीकरण लगायतको दिशामा प्रतिस्थापन बजेटमार्फत काम सुरु गरिसकेको उनले जानकारी दिए। 

शर्माले पार्टी र जनवर्गिय सङ्गठनहरूका हरेक इकाईलाई उत्पादन इकाईको रूपमा बदल्नुपर्ने बताए। ‘उत्पादनसँग जोडिएको सङ्गठन भएन भने समाजवादमा जान सकिँदैन, हरेक कार्यकर्ताका परिवारलाई आर्थिक रूपले आत्मनिर्भर बनाउनुपर्छ,’उनले भने,‘त्यसो गर्नको लागि सङ्गठनको हरेक इकाइलाई उत्पादनसँग जोड्नुपर्छ।’

असोज १२, २०७८ मंगलबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।