उडिसामा शक्तिशाली चक्रवात 'गुलाब', असर नेपालमा पनि

उडिसामा शक्तिशाली चक्रवात 'गुलाब', असर नेपालमा पनि

काठमाडाैंः जल तथा माैसम पूर्वानुमान महाशाखाले आज गण्डकी तथा लुम्बिनी प्रदेशमा माैसम पूर्ण बदली हुने जनाएकाे छ। महाशाखाका अनुसार आज यी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। 

हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको र असाेज ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भएकाे कारण “गुलाब” नामक शक्तिशाली चक्रवातको हिजाे राति उडिसाको जमिनमा अवतरण भएकाे कारण नेपालमा पनि यसकाे असर पर्ने महाशाले जनाएकाे छ। 

यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुनसक्ने बताइएकाे छ। यद्यपि, यसको असरका कारण देशमा भीषण वर्षा हुने सम्भावमा भने न्यून रहेको महाशाखाले जनाएकाे छ।

साेमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति पनि यही माैसम प्रणालि रहने बताइएकाे छ।

 

असोज ११, २०७८ सोमबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।