भक्तपुरका ४ वटै नगरमा कांग्रेसकाे नेतृत्त्व चयन
भक्तपुरः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भक्तपुरका ४ वटै नगरपालिकामा नयाँ नेतृत्त्व चयन गरिएको छ। भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल निर्वाचित भएका छन्।
भक्तपुर नगर सभापति तमखु नेतृत्त्वमा उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन्।
मध्यपुरथिमि नगर सभापति प्रजापति नेतृत्त्वमा उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका हुन्।
यसैगरी चाँगुनारायण नगर सभापति केसी नेतृत्त्वमा उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी भएका छन्।
सूर्यविनायकमा ढुङ्गेलका नेतृत्त्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी विजयी भएका छन्।
असोज ११, २०७८ सोमबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।