क्यानडा पठाउने भन्दै ठगेको आरोपमा २ जना पक्राउ

क्यानडा पठाउने भन्दै ठगेको आरोपमा २ जना पक्राउ

काठमाडौँ : क्यानडामा फुड प्याकेजिङमा काममा लगाई दिने भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

महिनाको २ लाख २५ हजार रुपैयाँ पारिश्रमिक पाउने लोभ देखाएर तीन लाख ठगी गरेको आरोपमा नगेन्द्र विश्वकर्मा र प्रवेज आलमलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

जिल्ला झापा कमल गाउँपालिका वडा नम्बर ६ का आशिष काफ्लेले फेसबुक पेजमा क्यानडामा रोजगारीको अवसरको विज्ञापन देखेर कल गर्दा फुड प्याकिङको काममा पठाउने भन्दै पैसा लिएर ठगी गरेको प्रहरीको दाबी छ।

मासिक तलब २ लाख २५ हजारमा जागिर लगाई दिने र सोको लागि ४ लाख खर्च लाग्छ भनेर पासपोर्ट समेतका कागजातहरू पठाउन लगाएर प्रोसेसिङको लागि भनेर ३ लाख पठाउन लगाएर ठगी गरेका थिए।

असोज १०, २०७८ आइतबार २२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।