नेपाल-चीनको सीमा अध्ययन समितिले बुझायो प्रतिवेदन

नेपाल-चीनको सीमा अध्ययन समितिले बुझायो प्रतिवेदन

समितिका संयोजक सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै प्रतिवेदनमा रहेको विषयबारे जानकारी गराएका थिए।

आचार्यको संयोजकत्वमा दुई साताअघि गृह मन्त्रालयले नापी विभागका उप महानिर्देशक सुशील डङ्गोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो।

प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिका सुझाव सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

'तपाईँहरूले स्थलगत अध्ययन गरी हुम्लाको हिल्सादेखि लिमीसम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बुझाउनुभएको छ। यसले मुलुकका लागि अन्य स्थानमा रहेका सीमा बारे पनि अध्ययन गर्न बाटो खुलेको छ,' खाँणको भनाई उद्धृत गर्दै उनको सचिवालयले भन्यो।

सरकारले नेपाल-चीन सीमाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरे लगत्तै प्रमुख प्रतिपक्षी दल एमाले लगायतले आपत्ति जनाएका थिए।

असोज १०, २०७८ आइतबार १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।