भदौमा २ सय ३७ बलात्कारका घटना दर्ता
तथ्याङ्क अनुसार यसरी प्रहरीमा दर्ता भएका आपराधिक घटनामा बलात्कारको सङ्ख्या २ सय ३७ रहेको छ। यसै गरी ७८ वटा घटना बलात्कार प्रयास सम्बन्धी छ। महिला र बालबालिका विरुद्धको अपराध सम्बन्धी ४ सय ४४ वटा घटना दर्ता भएको प्रधान कार्यालयले जानकारी दिएको छ।
काठमाडौँमा २४.७१ % अपराध
दर्ता भएका निवेदनको आधारमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नेपालभर दर्ता हुने अपराधका उजुरीमध्ये २४ प्रतिशत दर्ता हुने गरेका छन्। भदौमा ३ सय ४ वटा लागू औषध अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन्। जसमा ४ सय ७५ जना पक्राउ परे।
लागू औषधको मुद्दा दर्ता सङ्ख्या साउन महिनाको तुलनामा भदौमा १५.७८ % ले घटेको छ। भदौ महिनामा प्रति दिन सरदर ९ वटा लागू औषध मुद्दा दर्ता हुने गरेको र औसत १५ जना पक्राउ पर्ने गरेका छन्।
एक महिनामा गाँजा ७ सय ९० किलो, चरेस ३६.२ किलो, हेरोइन ७ सय ५४ ग्राम, अफिम २ किलो र कोकिन २.९६ किलो बरामद भएको थियो।
असोज १०, २०७८ आइतबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।