कांग्रेस महाधिवेशन : थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

कांग्रेस महाधिवेशन : थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

बाँकी ८ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिलोमा सोमबारसम्म सार्वजनिक गरिने उनले बताए। करिब ९ लाख रहेका क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गर्छन्।

यता वडा अधिवेशन सम्पन्न भएका ५५ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए। क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैंअघि सबै जिल्लाका पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए।

हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकानुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन गरिने कांग्रेसको योजना छ।

असोज १०, २०७८ आइतबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।