खाद्य विज्ञान र प्रविधिकाे नवाैँ सम्मेलन असाेज १५ र १६ गते हुने

खाद्य विज्ञान र प्रविधिकाे नवाैँ सम्मेलन असाेज १५ र १६ गते हुने

पछिल्लो ९ वर्षयता नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको संयोजकत्वमा वार्षीक रूपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आइएको छ। निकै संवेदनशील यस विषयमा पछिल्लाे समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजीहरू भइरहेका छन्। 

कार्यक्रममा खाद्य प्रविधिसँग समबन्धित कलेजहरू र अन्तर्राष्ट्रिय शोधकर्ताहरू पनि उपस्थित हुने आयोजक संस्थाले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय भन्छन्, ‘स्वस्थकर जीवनशैलीका लागि खाद्यान्नको गुण अत्यन्त महत्त्वपूर्ण रहेको र यसका लागि उपभोक्तादेखि उत्पादक अनि शोधकर्ताहरू सबैजनाको साझा बुझाइ रहनु पर्छ। त्यहि कारण हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका हौ।’

कार्यक्रमको लागि नेपालको जुनसुकै ठाउँबाट पनि विद्यार्थीहरूले सहजै आफूलाई रजिष्टर गरेर प्रविधिमार्फत कन्फरेन्समा सहभागी जनाउन सक्ने पनि उनले बताए। 

तलकाे लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न सकिनेछ

असोज १०, २०७८ आइतबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।