३८ क्विन्टल सुन तस्करी प्रकरणमा आजबाट अन्तिम सुनुवाइ हुँदै

३८ क्विन्टल सुन तस्करी प्रकरणमा आजबाट अन्तिम सुनुवाइ हुँदै

सुनुवाइ न्यायाधीश भरत लम्सालको इजलासमा हुनेछ। तस्करीकाे ३३ किलो सुन गायब भएपछि तस्कर समूहले सनम शाक्यलाई यातना दिएकाे थियाे। यातनाकै क्रममा उनकाे ज्यान गएपछि साे घटना बाहिरिएको थियो।

'आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ सम्बन्धी मुद्दामा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो। दुईपटक पूरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ।

१७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३८ क्वीन्टल सु्न अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ।

असोज १०, २०७८ आइतबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।