कपनकाे ढलमा खसेका बालककाे शव ५ दिनपछि फेला
काठमाडाैंः कपनकाे ढलमा ५ दिनअघि खसेर बेपत्ता भएका बालककाे शव आज फेला परेकाे छ। शव ललितपुरकाे घुसेलमा फेला परेकाे महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन्।
१० वर्षीय बालकको शव हिजो राति स्थानीयले बागमती नदीमा फेला पारेका थिए। यस्तै ढलमा खसेका बालक उज्वल विक भएकाे पनि सनाखत भएको छ।
बालकको लुगाको आधारमा परिवारले शव सनाखत गरेको एसएसपी बज्राचार्यले बताइन्। ‘आज बिहान प्रहरी टोली घुसेल पुगेको थियो’, बज्राचार्यले भनिन्, ‘उनको कपडाको आधारमा बालकको शव सनाखत गरिएको हो।’ यस्तै बालककाे अनुहार चिन्न नसक्ने अवस्थामा रहेको उनले बताइन्।
मृतक बालककाे परिवार घुसेल पुगेपछि शव जिम्मा लगाइने र घटनाको मुचुल्का उठाइने पनि उनले जानकारी दिइन्।
उज्जवल विक गत मंगलबार कपनस्थित ढलमा खसेका थिए।
असोज १०, २०७८ आइतबार ११:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।