कांग्रेस नगर अधिवेशन : दाङकाे तुलसीपुरमा हमाल, घाेराहीमा रावत विजयी

कांग्रेस नगर अधिवेशन : दाङकाे तुलसीपुरमा हमाल, घाेराहीमा रावत विजयी

बुटवलः नेपाली कांग्रेस दाङकाे तुलसीपुर र घाेराही उपमहानगरमा नगर अधिवेशन सम्पन्न भएकाे छ। तुलसीपुरकाे सभापतिमा सुरेश हमाल विजयी भएका छन् भने घाेराहीकाे सभापतिमा तिलक रावत निर्वाचित भएका छन्।

हमालले आफ्ना प्रतिद्वन्द्वी अनिल कार्कीलाई एक सय ६० मतले हराएका हुन्। हमालले ३ सय ६८ मत प्राप्त गरेका छन्। कार्कीले २ सय ८ मत प्राप्त गरेका छन्। त्यसैगरी उपसभापतिमा विनिल केसीले ३ सय ५९ मत र गौरव सुबेदीले २ सय ८५ मत प्राप्त गरी निर्वाचित भएका छन्।

सचिव पदमा बिमल पौडेलले ३ सय २९ मत र सुशील वलीले २ सय ७५ मत प्राप्त गरि विजयी भएका छन्।

त्यस्तै घोराहीमा सभापति निर्वाचित रावतले २ सय ८६ मत ल्याउँदा सभापतिका अर्का उम्मेदवार निरज गिरीले एक सय ६२ मत प्राप्त गरे। उपसभापतिमा प्रदीप सुवेदी, दुर्लभ केसी, सचिवमा भिमकान्त चौधरी र पुष्पराज आचार्य विजयी भएका छन्।

तुलसीपुर र घोराही उपमहानगरको सभापतिमा विजयी दुवै संस्थापन पक्षका हुन्।

असोज १०, २०७८ आइतबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।