बेलकोटगढीमा महत प्यानल पराजित, सभापतिमा मुडभरी

बेलकोटगढीमा महत प्यानल पराजित, सभापतिमा मुडभरी

नुवाकोट : नेपाली काँग्रेसको बोलकोटगढी नगर कमिटीको निर्वाचनमा प्रकाशशरण महत प्यानल पराजित भएको छ।

सभापतिसहित अधिकांश पदमा अर्जुननरसिंह केसी प्यानल विजयी भएको छ। सभापतिमा लेखनाथ मुडभरी विजयी भए।

काँग्रेस सह-महामन्त्री डा महतको समर्थनमा प्यानलसहित निर्वाचनमा होमिएका कृष्णप्रसाद पाण्डे पराजित भए।

उपसभापतिमा दुर्गाप्रसाद पुडासैनी र दुर्लभ बहादुर तामाङ विजयी भएका छन्।  प्रेमबहादुर अधिकारी र सानु कान्छा तामाङ पराजित भए।

सचिवमा प्रेसप्रसाद लामिछाने र हर्कबहादुर तामाङ विजयी भए। रामचन्द्र लामा र सागर न्यौपानेलाई पराजित भए।

सहसचिवमा अर्जुनप्रसाद दाहाल र राजुमान लामा विजयी भए। दाहाल र कान्छा तामाङलाई पराजित भए।

असोज १०, २०७८ आइतबार ०९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।