माैसम अपडेट : देशभर सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहित वर्षा
काठमाडाैंः देशभरकाे माैसम प्रणालीमा आज सामान्य बदली हुने भएकाे छ। भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको कारण आज माैसम बदली हुने भएकाे हाे।
साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा केही दक्षिणतिर रहेको कारण आज गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबार रातिसम्मै यही माैसम प्रणाली जारी रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
असोज १०, २०७८ आइतबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।