बेलायतमा 'भिक्टाेरिया क्रस' थापाको सालिक अनावरण

बेलायतमा 'भिक्टाेरिया क्रस' थापाको सालिक अनावरण

काठमाडाैंः बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ। बेलायतकाे अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो।

बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासका उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेका थिए।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीकाे नेतृत्त्वमा नेपाली तथा विदेशीबाट चन्दा सङ्कलन गरी सालिक बनाइएको हो। सालिक बनाउन एक लाख ७० हजार पाउण्ड भन्दा बढी खर्च भएको परियोजना अधिकृत ग्यारी घलेकले बताएका छन्।

असोज १०, २०७८ आइतबार ०७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।