एकीकृत समाजवादीकाे बुटवल उपमहानगर कमिटी गठन

एकीकृत समाजवादीकाे बुटवल उपमहानगर कमिटी गठन

रुपन्देहीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकाे बुटवल उपमहानगर कमिटी गठन भएको छ। चिन बहादुर गुरुङको अध्यक्षतामा १०५ सदस्यीय उपमहानगर कमिटी गठन भएको हो।

पार्टीकाे उपाध्यक्षमा रूक्मागत घिमिरे र प्रेम भुसाल तथा सचिवमा लोकराज शर्मा रहेका छन्। यस्तै उपसचिवमा ऋषि बश्याल रहेको पार्टी रुपन्देहीका उपाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए।

त्यस्तै पार्टीकाे तिलोत्तमा नगर कमिटी पनि गठन गरिएको छ। राजेन्द्र सुवेदीको अध्यक्षतमा नगर कमिटी गठन गरिएको हो।

तिलोत्तमा नगर कमिटीको उपाध्यक्षमा यज्ञेश्वर क्षत्रि, सचिवमा रूकु पाण्डे र उपसचिवमा रमेश पौडेल चयन भएका छन्।

असोज १०, २०७८ आइतबार ०७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।