सर्लाहीमा ७ महिने शिशु र पुरुषको शव फेला
सर्लाहीः जिल्ला सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा दुई वटा शव फेला परेकाे छ। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा ७ महिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक पुरुषको बेवारिसे शव फेला परेको हो।
आज बिहान करिब १०ः०० बजे पोखरीमा ७ महिने बालकको शव स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले पुरुषको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो।
दुवै शवको अहिलेसम्म पहिचान खुलेको छैन। दुवै शव अहिले मलङ्गवा अस्पतालमा राखिएको छ। दुवै शवका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
असोज ९, २०७८ शनिबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।