काेराेना अपडेटः ७ सय ९० मा सङ्क्रमण, ६ जनाकाे निधन

काेराेना अपडेटः ७ सय ९० मा सङ्क्रमण, ६ जनाकाे निधन

काठमाडाैंः पछिल्लाे २४ घण्टामा देशभरमा ७ सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेकाे पछिल्लाे विवरणअनुसार देशभर सङ्क्रमितकाे सङ्ख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेकाे छ। 

यस्तै पछिल्लाे २४ घण्टामा सङ्क्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन्। याेसहित ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ८७ पुगेकाे छ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या एक हजार ३ सय ७१ रहेकाे छ। याेसहित कूल सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या ७ लाख ५९ हजार ८ सय ७५ पुगेकाे छ। 

हाल देशभरमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या १९ हजार ७ सय रहेकाे छ भने २ सय ३७ जना क्वारेन्टिनमा रहेका छन्।

असोज ९, २०७८ शनिबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।