वर्षाका कारण अवरुद्ध सडक तत्कालै मर्मत, अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि
काठमाडौँ : सरकारले देशभरका सडक अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाएको छ। यातायात व्यवसायीसँगको छलफलमा सरकारले सडक अवरुद्ध हुन नदिने र भए तत्कालै अवरोध हटाउने प्रतिबद्धता जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार सडक विभागले वर्षाका कारण अवरुद्ध सडक खुलाउने, सडकमा भएका खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता जनाएको छ।
छलफलमा चाडपर्व दुर्घटनारहित बनाउन सरकार र व्यवसायीले प्रतिबद्धता जनाएका उनले बताए।
सरकारसँगको सहमतिसँगै असोज ११ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुलाउने महासचिव सिटौलाले बताए। उनले अनिवार्य काम नभएकाहरूलाई दसैँको घटस्थापना नै कुरेर नबस्न आग्रह गरे।
‘अहिले गाडी खाली खाली चलिरहेका छन्,’सिटौलाले भने,‘अनिवार्य काम नहुनेहरूलाई दसैँको घटस्थापना कुरेर नबस्न आग्रह गर्छौ।’
असोज ८, २०७८ शुक्रबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।