गैंडाकाे आखेटाेपहारसहित गाैशालाबाट एक जना पक्राउ
काठमाडाैंः नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराेले खागसहित एक जनालाई पक्राउ गरेकाे छ। व्यूराेले जारी गरेकाे प्रेस विज्ञप्तिअनुसार आज काठमाडाैंकाे गाैशाला तिलगंगा क्षेत्रबाट गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- ६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेत रहेका छन्। प्रहरीले उनीबाट ४५ ग्रामकाे खाग बरामद गरेकाे छ। तिलगंगा क्षेत्रमा अवैध आखेटाेपहार बेचबिखन हुन लागेकाे विशेष सूचनाकाे आधारमा व्यूराेबाट खटेकाे टाेलीले उनलाई पक्राउ गरेकाे हाे।
बस्नेतलाई आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय,हात्तीसार, काठमाडाैंमा बुझाइएको छ।
असोज ८, २०७८ शुक्रबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।