एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौँ : पार्टी विभाजन पछिको रणनीति बनाउन र विधान महाधिवेशनको विषयमा छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुन लागेको छ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजे  बस्न लागेको एमालेले जनाएको छ।

एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज र भोलि बस्ने बैठकमा विधान महाधिवेशनका लागि राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

पार्टी विभाजनपछि सङ्गठन मजबुत बनाउन अवलम्बन गरिने नीतिका बारेमा पनि बैठकमा छलफल हुने तामाङले बताए।

असोज ८, २०७८ शुक्रबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।