त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता
काठमाडौँ : काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदिमा खस्दा कारमा सवार ३ जना बेपत्ता भएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका हुन्।
गए राति साढे १२ बजेतिर ग.२ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षीय लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल तथा कार चालक ५५ वर्षका प्रेमबहादुर भुजेल छन्। बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
असोज ८, २०७८ शुक्रबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।