नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७२ पुग्यो
काठमाडौँ : नेपालमा बिहीबार कोरोना भाइरस सङ्क्रमणका कारण १३ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार २ सय ४३ नमुना परीक्षण गरिएका मध्ये १ हजार २ सय ३९ नयाँ सङ्क्रमित थपिएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ४३ छ।
कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा भएको मृत्युदर १.४० प्रतिशत छ। सक्रिय सङ्क्रमण दर २.६३ प्रतिशत छ भने निको हुनेको दर ९५.९७ प्रतिशत रहेको छ। नेपालमा कुल मृत्युदर भने १९.१ प्रतिशत छ।
सघन उपचार कक्षमा ३ सय ४० जना सङ्क्रमितले उपचार गरिरहेका छन् भने भेन्टिलेटरमा एक सय ११ जना रहेको मन्त्रालयले जनाएको छ।
असोज ७, २०७८ बिहीबार १८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।