प्रतिनिधि सभाबाट दुई विधेयक पारित

प्रतिनिधि सभाबाट दुई विधेयक पारित

काठमाडाैंः प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए।

प्रतिनिधि सभाको अर्काे बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ।

असोज ७, २०७८ बिहीबार १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।