काठमाडौँको हरहरमहादेवमा तास खेल्ने १३ जना पक्राउ, १८ लाख ७५ हजार नगद बरामद 

काठमाडौँको हरहरमहादेवमा तास खेल्ने १३ जना पक्राउ, १८ लाख ७५ हजार नगद बरामद 

काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका हरहरमहादेव बस्ने ५५ वर्षीय कमल दाहालको घरमा तास खेलिरहेका १३ जनालाई प्रहरीले पक्रेको छ।

तास खेलिरहेको अवस्थामा दोलखा बैतेश्वर गाउँपालिका घर भएका ३४ वर्षीय मनि कुमार दाहालसहित १३ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीले उनीहरूको साथबाट नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक तास बरामद गरेको जनाएको छ।

यस्तै प्रहरीले दाङको घोराही उपमहानगरपालिका पुरानो बसपार्कस्थित सटरमा तास खेलिरहेको अवस्थामा १२ जनालाई बुधबार राति पक्राउ गरेको छ।

पारसर भण्डारीले सञ्चालन गरेको नास्ता तथा खाजा होटेलमा जुवा तास खेलिरहेका भण्डारी सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको जनाएको छ।

असोज ७, २०७८ बिहीबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।