निकुञ्जभित्र बन्दुकसहित दुई जना पक्राउ

निकुञ्जभित्र बन्दुकसहित दुई जना पक्राउ

डाेटी : खप्तड राष्ट्रिय निकुञ्जभित्र बन्दुकसहित दुई जना पक्राउ परेका छन्। निकुञ्जमा खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

चोरी सिकारीमा संलग्न भएको आरोपमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्कीलाई पक्राउ गरिएकाे नेपाली सेनाले जनाएको छ।

उनीहरूका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको छ।

उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो। पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ।

असोज ७, २०७८ बिहीबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।