बैतडीमा एक व्यापारी मृत भेटिए 

बैतडीमा एक व्यापारी मृत भेटिए 

धनगढी : बैतडीमा एक जना व्यापारी मृत फेला परेका छन्। सुर्नया गाउँपालिका–४ लेकडाँडाका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका प्रहरीले जनाएको छ।

स्थानीयले बिहान ६ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक महराको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ। 

अहिले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

असोज ७, २०७८ बिहीबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।