एकीकृत समाजवादीको पदाधिकारी टुङ्गियो, महासचिवमा भुसाल
काठमाडौँ : एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले पदाधिकारी टुङ्गो लगाएको छ। जारी केन्द्रीय समितिबाट पारित गर्ने गरी पदाधिकारी टुङ्ग्याएको हो।
महासचिवमा डा बेदुराम भुसालको नाममा सहमति भएसँगै अन्य पदाधिकारी समेत टुङ्गिएको हो।
पार्टीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन्। उपमहासचिवमा डा विजय पौडेल, डा. गङ्गालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।
सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाममा सहमति भएको एक नेताले बताए।
असोज ७, २०७८ बिहीबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।