एकीकृत समाजवादीले आज महासचिव मनोनयन गर्ने 

एकीकृत समाजवादीले आज महासचिव मनोनयन गर्ने 

बिहान ११ बजेपछि बस्ने एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले महासचिव चयन गर्ने केन्द्रीय सदस्य प्रेमल खनालले बताए। 

बैठकले सचिवालय बिस्तार, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने खनालले बताए। ‘बैठकले आजै महासचिव मनोनयन गर्नेछ,’खनालले उकेरासँग भने,‘सचिवालय विस्तार, पोलिटब्युरो, स्थायी कमिटी गठन तत्काल नभए पनि पदाधिकारी तोक्ने हुनसक्छ।’ 

खनालले महासचिवमा कसलाई मनोनयन गर्ने भन्ने टुङ्गो नलागेको बताए।   

केन्द्रीय कमिटीमा सदस्य मनोनयन गरेर कार्य विभाजनको निर्णय बैठक गर्ने खनालले बताए। बैठकले जवजको जगमा समाजवादी कार्यक्रम सहितको राजनीतिक प्रतिवेदन पारित गरेको उनले बताए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन बैठकले पारित गरेको छ। आजको बैठकमा मुख्य रूपमा साङ्गठनिक संरचना निर्माणमै बैठक केन्द्रित हुने खनालले बताए।

असोज ७, २०७८ बिहीबार १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।