एमालेको विरोधकाबीच आर्थिक विधेयक पारित गराउने तयारी

एमालेको विरोधकाबीच आर्थिक विधेयक पारित गराउने तयारी

विधेयकमाथि परेका संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक आजको बैठकमा पारित गर्न प्रस्ताव पेस गर्नेछन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधकाबीच अर्थमन्त्री शर्माले भदौ २५ गते पेस गरेका मध्ये विनियोजन विधेयक पारित भएर राष्ट्रिय सभामा पुगेको छ। 

एमालेले आजको बैठकमा पनि विरोध जनाउने बताएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिपक्षीका मागमा वास्ता नगरी बैठक सञ्चालन भइरहेको बताए। ‘पार्टीले कारबाही गरेको सांसदलाई पदमुक्त गर्नुपर्ने मागमा उहाँहरूले कुनै चासो दिनु भएको छैन,’उनले भने,‘हामी संसद् बैठकमा निरन्तर विरोध गर्छौ।’

पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म संसदमा विरोध गरिरहने भट्टराईले बताए।

असोज ७, २०७८ बिहीबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।