उदयपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु
प्रदेश १–०२–००२ च ४८७४ नम्बरको बोलेरो जिपले स ४ प ९१०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ४० वर्षका रामचन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
बेलका नगरपालिकाका राईको बिपी मेमोरियल अस्पताल धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलका रामपुरले ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएको छ।
असोज ७, २०७८ बिहीबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।