टिकटक बनाउने क्रममा सेतीमा खसेकी युवतीको शव भेटियो

टिकटक बनाउने क्रममा सेतीमा खसेकी युवतीको शव भेटियो

तनहुँः टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी युवतीकाे शव ८ दिनपछि आज फेला परेकाे छ। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी १९ वर्षीया पवित्रा लम्सालकाे शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

सेती नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकको शव आफन्तले पहिचान गरेका छन्। “शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ”, प्रनाउ तिमिल्सिनाले भने।

विवाह भएको ५ दिनमा माइत आएकी उनी साथीहरूसँग घुम्ने क्रममा रक गार्डेन पुगेकी थिइन्। त्यसक्रममा साथीहरूले उनको भिडियाे खिचेका थिए। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज ५, २०७८ मंगलबार १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।