ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ निरन्तर 

ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ निरन्तर 

एमाले अध्यक्ष ओलीले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई मान्यता दिएर निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

ओलीले दायर गरेको मुद्दाको आज पनि निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ। 

अध्यक्ष ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ हाल जारी छ।

एमालेले १४ जना आफ्ना दलका प्रतिनिधि सभा सदस्यलाई गत साउन २५ को निर्णयले निष्कासन गरेको र कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयमा गत भदौ १ गते सूचना तथा निर्णय दर्ता गराइएकोमा कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेको रिट निवेदनमा उल्लेख छ।

असोज ५, २०७८ मंगलबार ११:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।