सप्तरीमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान बा १४ च ६२७९ नम्बरको पिकअप भ्यान र ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिरा भवानी गाउँपालिकाका ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
असोज ५, २०७८ मंगलबार ११:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।