सांसद् कारबाहीसम्बन्धी एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

सांसद् कारबाहीसम्बन्धी एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

साे मुद्दाकाे सुनुवाइ जारी रहेका कारण मङ्गलबारका लागि पेशी तोकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएकाे छ। न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि भोलिका लागि हेर्दादेर्हैमा राखिएको हो।

अध्यक्ष ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ हाल जारी छ।

एमालले १४ जना आफ्ना दलका प्रतिनिधि सभा सदस्यलाई गत साउन २५ को निर्णयले निष्काशन गरेको र कार्यान्वयका लागि सङ्घीय संसद् सचिवालयमा गत भदौ १ गते सूचना तथा निर्णय दर्ता गराइएकाेमा कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेको रिट निवेदनमा उल्लेख छ।

असोज ४, २०७८ सोमबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।