बजेट पास भएपछि ओलीको प्रतिक्रिया : सरकारले पेल्नु पेल्यो
काठमाडौँ : एमालेको अवरोधकै बिच सरकारले बजेट पारित गरेपछि एमाले अध्यक्ष केपी ओलीले सरकारले पेलेकोपेल्यै गरेको प्रतिक्रिया दिएका छन्।
सांसदबाट बाहिरिनेक्रममा अवरोध गरे पनि बजेट पारित भएको विषयमा पत्रकारको जिज्ञासामा उनले भने' सरकारले पेल्नु पेल्यो। पेलेकोपेल्यै गर्यो।' १४ सांसदमाथिको कारवाहिको माग गर्दै एमालेले निरन्तर संसद् अवरोध गरेपछि बजेट सम्बन्धी प्रतिस्थापन विधेयक पारित नहुँदा सरकार बजेट होलिडेमा गएको थियो। सभामुख अग्नि सापकोटाले छलफलबाट समाधान निकाल्न राखेको बैठक समेत बहिष्कार गर्दै एमालेले कि माधव नेपालसहित १४ सांसदमाथि कारबाही या सभामुखको राजीनामालाई संसद् खुल्ने सर्त बनाएको थियो। सोमबार पनि एमालेले संसद् अवरोधको प्रयास गरेको थियो। तर सभामुखले एकै दिन सबै छलफल सक्ने कार्यविधि बनाएर एमालेको अवरोधकैबिच बजेट पारित गराए। सरकारले पालेपछिको रणनीति के त भन्ने जिज्ञासामा ओलीले भने' त्यो त हेर्नुपर्छ।'
असोज ४, २०७८ सोमबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।