चोरीको मोटरसाइकल र स्कुटरसहित १ जना पक्राउ
काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल र स्कुटर सहित १ जनालाई पक्रेको छ।
गोकर्णेश्वर नयाँबस्तीबाट दोलखा कालिन्चोकका तेज बहादुर खड्कालाई मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
पक्राउ परेका खड्का बा ५६ प ४५४४ नम्बरको पहेँलो रङको डिओ स्कुटर र प्रदेश३–०२–०१०प ७४४ नम्बर प्लेट भएको कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ।
असोज ४, २०७८ सोमबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।