सङ्खुवासभा सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार खड्गबहादुर

सङ्खुवासभा सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार खड्गबहादुर

काठमाडौँ : सङ्खुवासभाको खोलागाउँ घटनाका मुख्य योजनाकारसहित ४ जना पक्राउ परेका छन्।

सखुंवासभाको मादी नगरपालिका खोलागाउँका ६ जनाको सामूहिक हत्यामा संलग्न मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेर आज सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा खड्गबहादुरका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की र उनका छोरा नरेश कार्की रहेका सङ्खुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। 

यसअघि रणबहादुरका छोरा लोकबहादुर काकीलाई प्रहरी पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

‘६ जनाको सामूहिक हत्यामा ५ जना संलग्न पक्राउ परेका छन्,’सुवेदीले उकेरासँग भने,‘पोस्टमार्टम रिपोट, मृतकको मोबाइल र हत्यामा प्रयोग भएको चुप्पीका आधारमा मुख्य योजनाकार खड्गबहादुर रहेको पुष्टि भएको छ।’

उनले खड्गबहादुर भदौ २० गते बेलुका लोकबहादुरको घरमा गएर योजना बनाएको बताए। ‘२० गते बेलुका ८ बजे लोकबहादुरको घरमा हत्याको योजना बनेको रहेछ,’डिएसपी सुवेदीले भने,‘सामूहिक हत्याको योजना बनाएको उनीहरूले स्वीकार गरेका छन्।’

तेजबहादुर कार्की, उनकी आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, नाति ११ वर्षका दीपेन र ७ वर्षकी नातिनी गोमाको भदौ २१ मा सामुहिक हत्या भएको थियो। उनीहरुको पालैसँग हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

असोज ४, २०७८ सोमबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।