काठमाडौँमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइने 

काठमाडौँमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइने 

काठमाडौँ : जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले आजदेखि काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज लगाउने भएको छ। भेरोसेल खोपको दोस्रो डोज तीन दिनसम्म लगाइनेछ। 

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडा र ७ वटा अस्पतालमा खोपको दोस्रो डोज लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ। 

नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगन्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति गृह स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ।

यस्तै बुढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९, शंकरापुर नगरपालिकाको ९ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ स्थानमा खोप केन्द्र तोकिएको छ। 

कीर्तिपुर नगरपालिकामा १० ठाउँमा, चन्द्रागिरि नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तार्केश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९ ठाउँमा खोप केन्द्र तोकिएको छ।

असोज ४, २०७८ सोमबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।