मधेसका दलको राजनीति बुझ्दिन : नेम्वाङ

मधेसका दलको राजनीति बुझ्दिन : नेम्वाङ

काठमाडौँ : नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको राजनीति बुझ्न नसकेको बताएका छन्।

संविधान दिवस नमान्ने जसपा र लोसपाको राजनीति आफूले बुझ्न नसकेको नेता नेम्वाङले बताए। 

‘सबै प्रक्रियामा आइसक्नु भएको छ,केन्द्रीय सरकारमा आइसक्नुको भएको छ,’नेम्वाङले भने,‘विश्वास अविश्वासको निर्णायक भूमिका निर्वाह गरिरहनु भएको छ, प्रदेश २ मा त हर्ता कर्ता नै हुनुहुन्छ,उहाँहरूले आजको दिन नमनाउने भन्नु भएको छ, यस्तो राजनीति म बुझ्दिन।’

संविधान दिवसको अवसरमा नेकपा एमालेले गरेको कार्यक्रममा नेता नेम्वाङले यस विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएको बताए। उनले संविधान जारी भएको ६ वर्षमै संशोधन गरेर सर्वस्वीकार्य बनाएको उल्लेख गरे।

‘छिमेकी भारतलाई देशको संविधान सर्वस्वीकार्य बनाउन १० वर्ष लागेको थियो,’नेम्वाङले भने,‘६ वर्षको अवधिमा पहिलो पटक संविधान संशोधन गरेर सर्वस्वीकृत गरायौ।’

असोज ३, २०७८ आइतबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।