मुलुकलाई अस्थिरता तर्फ धकेल्ने छुट कसैलाई छैन : विवेकशील साझा पार्टी
काठमाडौँ : नेपालको संविधान सर्वस्वीकार्य बन्न नसकेको विवेकशील साझा पार्टीले बताएको छ।
संविधान दिवसका अवसरमा संयोजक मिलन पाण्डेले विज्ञप्ति निकालेर संविधान अझै सम्पूर्ण रूपमा सर्वस्वीकार्य बन्न नसकेको बताएका हुन्।
‘यसलाई पनि समयक्रममा संविधानका सीमाभित्रै रहेर सुधार गर्दै अगाडी बढ्ने हो,’विज्ञप्तिमा लेखिएको छ,‘तर फेरी देशले संविधान परिवर्तन वा पुनर्लेखनको नाममा अर्को द्वन्द्व थेग्न सक्दैन।’
पाण्डेले अब पनि वर्षौँ व्यवस्था विरोधी आन्दोलन गरेर मुलुकलाई अस्थिरता तर्फ धकेल्ने छुट कसैलाई नहुने लेखेका छन्। विज्ञप्तिमा विधिको शासन लागु गरेर मात्र स्थिरता प्राप्त हुने लेखिएको छ।
असोज ३, २०७८ आइतबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।