संविधानले एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ : राष्ट्रपति भण्डारी

संविधानले एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शनसमेत गरेको बताएकी छिन्। 

सातौँ संविधान दिवसमा आज शुभकामना दिँदै राष्ट्रपतिले संविधान प्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठुलो योगदान पुग्न गएको बताएकी हुन्।

नयाँ संविधान जारी भए यताका वर्षहरूमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठुलो योगदान पुगेको राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

‘वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक लगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै  विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ। यस संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्य शक्तिको स्रोत भएका छन्,’ राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन्।

असोज ३, २०७८ आइतबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।