संविधान लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि : प्रधानमन्त्री देउवा

संविधान लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान लामो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

७ औँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले  सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका हुन्।  संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प गर्नु आवश्यक रहेको सन्देशमा उल्लेख गरेका छन्।

देउवाले सन्देशमा परिवर्तनका लागि ज्यान गुमाउने सहिद तथा कोभिडका कारण ज्यान गुमाउनेहरूलाई स्मरण गरेका छन्।

‘कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भई संविधान कार्यान्वयन गरेको सर्वविदितै छ। यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ’, शुभकामना सन्देशमा उल्लेख छ।

असोज ३, २०७८ आइतबार ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।