सालकको खपडासहित दुई जना पक्राउ
मन्थली नगरपालिका–१ भैंसेश्वर चोकबाट अन्दाजी २५ केजी तौल भएको संरक्षित वन्यजन्तु सालकको जस्तो देखिने खपटा सहित बिहीबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा लिखुतामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय ध्यानबहादुर तामाङ छन्। उक्त स्थानमा २ जनाले बोरामा शङ्कास्पद सामान बोकी हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएकाहरुको तलासी गर्दा बोराभित्र उक्त तौलको खपटा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
असोज १, २०७८ शुक्रबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।