एक साता भित्र मन्त्रिपरिषद् विस्तार हुने माधव नेपालको दाबी

एक साता भित्र मन्त्रिपरिषद् विस्तार हुने माधव नेपालको दाबी

नयाँबानेश्वरको आलोकनगरमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले अबको एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्। उनले आफ्नो दल सत्ता साझेदारको महत्त्वपूर्ण हिस्सा भएकाले सरकार सञ्चालनमा निरन्तर सहयोग गर्ने बताए। 

नेपालले तत्काल नेकपा एकीकृत समाजवादीको कसैसँग पार्टी एकता नहुने स्पष्ट पारेका थिए। उनले सत्तारुढ पाँच दलीय गठबन्धन भने आगामी निर्वाचनसम्म अघि बढ्ने दाबी गरेका थिए।

‘गठबन्धन चुनावी तालमेल गरेर निर्वाचनमा जान्छौँ’, नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं।’

असोज १, २०७८ शुक्रबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।